Thursday, July 14, 2016

चलचित्र म त तिम्रै हुँ मा मोडल जिवन भट्टराइ नेगेटिभ भूमिकामा

Jeevan Bhattarai Nepali Model and Actor

४ दर्जन भन्दा बढि म्युजिक भिडियो , १ दर्जन भन्दा बढि बिज्ञापनमा अभिनय गरिसकेका मोडल जिवन भट्टराइ कला क्षेत्रमा लागेको ४ बर्ष पछि चलचित्रको पर्दामा देखिदैछन् । राम्रो फ्यान फलोइङ भएका मोडल भट्टराइ चलचित्र म त तिम्रै हुँ बाट चलचित्रको पर्दामा आउदैछन् । तर नेगेटिभ भूमिकामा ।

अहिलेका चर्चित नायक अनमोल केसिको निर्माण भएर पनि चलचित्र चर्चामा छ । पहिलो फिल्ममा नै नेगेटिभ भूमिका निर्बाह गरेका भट्टराइ निर्माता एव अभिनेत्री शुष्मिता केसि संगको निकटताको कारण यस्तो भुमिका निर्बाह गरेको उनको भनाइ छ । जिबनले यस अघि रिलिज हुन नसकेको चलचित्र स्कुल मा सुस्मिता संगै काम गरेका थिए । चलचित्र म त तिम्रै हुँ मा सवै भन्दा अघि जिबननै छानिएका पनि थिए ।
मुख्य भुमिकामा धेरै अफर आउदा आउदै पनि राम्रो व्यानर र राम्रो टिमको पर्खाइको कारण जिवनलाइ चलचित्रमा आउन केहि समय लागेको बताउछन् । राम्रो व्यानर भए मुख्य भुमिका नै नचाहिने उनको बुझाइ छ । चलचित्र म त तिम्रै हुँ मा उनि सहनायक हुन् तर यो चलचित्रको भुमिकाले रजतपटमा आफ्नो पहिचान दिने कुरामा उनि बिश्वस्त छन् । चलचित्र म त तिम्रै हुँ रिलिज नभइ उनि यतिबेला बिजय केरुङको चलचित्र हामि शरणार्थिमा व्यस्त छन् ।
चलचित्र म त तिम्रै हुँ श्रावण ७ गते प्रर्दशन हुदैछ । चलचित्रलाइ श्रीराम महतले निर्देशन गरेका छन् । चलचित्रमा जिवन संगै आकाश श्रेष्ठ , ज्योत्सना योगी , सुस्मिता केसि लगायतका कलाकारको अभिनय रहेको छ ।